भारतसँग पराजित हुँदै नेपाल साफ यू–१७ प्रतियोगिताको सेमिफाइनलबाट बाहिरियो
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
1k
Shares
काठमाडौँ । साफ यू–१७ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएपछि प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ ।
श्रीलङ्काको कोलम्बो रेसकोर्समा बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३–० गोलले पराजित हुँदै अन्तिम चारबाट बाहिरिएको हो । जितसँगै भारत भने साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले समान एक–एक गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।
गुनलेइबाले खेलको ६१औँ मिनेटमा गोल गरे भने अजलानले खेलको ८०औँ मिनेटमा गोल गरे । त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भारतका अर्का खेलाडी डायमन्डले एक गोल थपे ।
नेपाल समूह ‘ए’को उपविजेता तथा भारत समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।