arrow

मनसुनी प्रभाव कमजोर: देशका अधिकांश भागको मौसम सफा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
mausam-9-10.jpg

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ। यसकारण देशका अधिकांश भागको मौसम सफा रहनेछ।

आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, देशका बाँकी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहनेछ। कोशी प्रदेशलगायत देशको पहाडी भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ