arrow

गन्नीगाड साना जलविद्युत् आयोजना निर्माण हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
hydro-chilime-trisuli.jpg

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा गन्नीगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

डिलाशैनी-१ र २ मा रहेको गन्नीगाड खोलको पानी सदुपयोग गर्ने कञ्चन ऊर्जा प्रालिले उक्त आयोजना निर्माण गर्ने भएको हो । एक मेगावाट क्षमता उक्त आयोजनाको हालै शिलान्यास गरिएको छ ।

सो अवसरमा प्रवर्द्धक कम्पनी अध्यक्ष अनिश गौतम, स्थानीय जनप्रतिनिधि जनकुमार घरडी र इञ्जीनीयर डा कृष्णप्रसाद दुलालको उपस्थिति थियो ।

कञ्चन ऊर्जा प्रालि र नेपाल विद्युत् प्राधिकरणवी २०८० मंसिर १९ गते आयोजनाको विद्युत खरिदबिक्री सम्झौता भइसकेको अध्यक्ष गौतमले बताए ।

उनका अनुसार अबको एक वर्ष ६ महिनापछि विद्युत् उत्पादन गरिसक्ने लक्ष्यसहित दशैँपछि आयोजना निर्माण धमाधम गरिने छ ।

आयोजनाले उत्पादनको गरेको विद्युत बलाँच सवस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर रानाले बताए ।

आयोजनामा लगानी गर्न इच्छुक स्थानीय प्रभावित तथा जिल्लावासीका लागिसमेत लगानीको अवसर प्रदान गरिने जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ