arrow

मेची भन्सारबाट अलैँची निर्यातमा वृद्धि, चिया घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
mechi bhansar office.jpg

भद्रपुर (झापा)। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ) मा मेची भन्सार कार्यालयबाट अलैँची निर्यातमा उत्साहजनक वृद्धि भएको छ। कार्यालयका अनुसार, यो अवधिमा ८५ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको ५२२ मेट्रिक टन अलैँची निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४३.९० प्रतिशत बढी हो। गत आवमा ५९ करोड ७३ लाख ५२ हजार रुपैयाँको अलैँची निर्यात भएको थियो।

अलैँची निर्यात बढे पनि प्रमुख निर्यातजन्य वस्तु चियाको निर्यात भने ३४ प्रतिशतले घटेको छ। यस वर्षको दुई महिनामा ७५ करोड तीन लाख ४८ हजार रुपैयाँको मात्र चिया निर्यात भएको छ, जबकि गत वर्षको सोही अवधिमा यो सङ्ख्या १ अर्ब १३ करोड ७४ लाख ८ हजार रुपैयाँ थियो।

यस वर्ष निर्यात बढेका अन्य वस्तुहरूमा छुर्पी (९८.३०%), काउली, ब्रोकाउली र बन्दागोपी (१५५.२०%), भेनियर सिट (७४%), र मुसुरो दाल (६५५.१०%) रहेका छन्।

यसको विपरीत, निर्यात घटेका वस्तुहरूमा फलामे पाता (९३.४०%), अदुवा (४१.८०%), र अम्रिसो (३०.१०%) छन्।

समग्रमा, चालु आवको पहिलो दुई महिनामा मेची भन्सारबाट कुल ३ अर्ब ६ करोड ३७ लाख ३९ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ