arrow

नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
gold-silver-new-hk-2081.jpg

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ। मंगलबार दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज दुई लाख २३ हजार रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। मंगलबार दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज दुई हजार सात सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ