arrow

९१ थुनुवा अझै फरार, २४ हतियार भएनन् फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
nepal-police12.jpg

झापा। गत भदौ २४ गतेको 'जेनजी' आन्दोलनका क्रममा झापाका इलाका प्रहरी कार्यालयहरूमा भएको आगजनी र तोडफोडपछि फरार भएका ९१ जना थुनुवा अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। फरार भएकामध्ये एक जना मात्रै आफैं सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए।

आन्दोलनका कारण विर्तामोडको इलाका प्रहरी कार्यालयबाट ५१ जना, दमकको ३६ जना र झिलझिलेबाट ५ जना गरी कुल ९२ जना थुनुवा फरार भएका थिए।

यसैगरी, सोही आन्दोलनका क्रममा लुटिएका कुल ९९ थान हतियारमध्ये ७५ थान मात्रै फिर्ता भएका छन् भने २४ थान हतियार अझै बेपत्ता छन्। प्रहरीका अनुसार, फिर्ता भएका हतियारमा एसएलआर, इन्सास राइफल, थ्री नट थ्री राइफल, सट गन, ग्यास गन, रिभल्भर र एसएमजी लगायत रहेका छन्।

बेपत्ता थुनुवा र हतियारको खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ