arrow

काँकडभिट्टा नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो, राजस्व बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
petrol-pump.jpeg

भद्रपुर (झापा)। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन-भदौ) मा पूर्वी नाका काँकरभिट्टाबाट २ अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यस अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात गरिएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात ३.६० प्रतिशतले घटेको छ। तर पनि, राजस्व सङ्कलन भने ०.५० प्रतिशतले बढेको छ।

कार्यालयको तथ्याङ्कअनुसार, साउन र भदौ महिनामा पेट्रोलियम पदार्थको आयातबाट १ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस अवधिमा १ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको १६ हजार ३५२ किलोलिटर पेट्रोल, ८४ करोड ४२ लाख रुपैयाँ बराबरको ९ हजार ४ किलोलिटर डिजेल, र ४० करोड ४९ लाख रुपैयाँ बराबरको ४ हजार २३३ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। यसबाहेक, १३ करोड २८ लाख रुपैयाँ बराबरको एटीएफ र २ करोड २२ लाख रुपैयाँ बराबरको मट्टितेल पनि आयात भएको तथ्याङ्कमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ