arrow

देशभर बदली, तीन प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ।

महाशाखाका अनुसार, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, आज राति देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ