arrow

तुइन खोलामा पुनः भीषण पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड पूर्णरुपमा अवरुद्ध

वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
mugling-sadak-pahiro.jpg

भरतपुर । मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोलामा पुनः भीषण पहिरो खसेको छ । मंगलबार दिउँसो करिब ३ः२० बजे भीषण सुक्खा पहिरो खसेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सो पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरो खस्नेक्रम नरोकिएकाले पन्छाउन समस्या भएको छ ।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम रहेकोले बताइन्छ । जोखिमलाई ध्यानमा राख्दै सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिए ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ तुइनखोलास्थित सडकमा शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खुक्खा पहिरो खसिरहेको छ । पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार फेरि सुक्खा पहिरो खसेको हो ।

पहिरो पन्छाउन धेरै समय लाग्ने भएपछि सडक विभागले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ