जेन-जी आन्दोलनबाट लुम्बिनीमा करिब दुई खर्बको क्षति
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
1k
Shares
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशअन्तर्गतका कार्यालयबाट अत्यावश्यक सेवा नरोकिने बताएका छन् ।
बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरूको अनुगमनका क्रममा उनले कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोग गरिरहेको बताए ।
“जेन-जी प्रदर्शनका क्रममा बाँकेका सरकारी संरचना ध्वस्त छन्”, उनले भने । प्रदर्शनका क्रममा प्रदेशमा करिब दुई खर्बको क्षति पुगेको अनुमान गरिएको छ ।
धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र पाल टाँगेर भए पनि सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको उनले बताए । रासस