arrow

पूर्वीनाका काँकरभिट्टाबाट आयात बढ्यो, निर्यात घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
mechi bhansar office.jpg

भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ) मा पूर्वीनाका काँकरभिट्टाबाट हुने व्यापारमा आयात बढेको र निर्यात घटेको पाइएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार, यस अवधिमा ८ अर्ब १९ करोड १ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा ७ अर्ब ५० करोड ९२ लाख रुपैयाँ बराबरको सामान आयात भएको थियो।

यता, निर्यात भने २०.६९ प्रतिशतले घटेको छ। चालु आवको दुई महिनामा ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको सामान मात्र निर्यात भएको छ, जबकि गत वर्ष यो अवधिमा ३ अर्ब ८६ करोड २८ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो।

काँकरभिट्टाबाट आयात हुने मुख्य वस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दाल, तरकारी र तयारी कपडा रहेका छन्, भने निर्यात हुने वस्तुहरूमा अलैँची, चिया, फलामे पाता, छुर्पी आदि रहेका छन्।

यस अवधिमा आयात-निर्यातबाट २ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ, जुन गत वर्षको तुलनामा ८.६२ प्रतिशतले बढी हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ