arrow

तोलाको दुई लाख २१ हजार सात सय पुग्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ। नेपाली बजारमा बडादशैँको दोस्रो दिन मंगलबार सुनको भाउ भारी वृद्धि भएको छ ।

सुनको भाउ मंगलबार एकैदिन तोलामा तीन हजार नौ सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । सुनको यो भाउ इतिहासकै धेरै हो ।

सुनको भाउ यसअघि सोमबार प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँ रहेको थियो ।

यता, असली चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेर मंगलबार प्रतितोला दुई हजार छ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदी सोमबार प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ