arrow

साढे सात लाख बढीको आईपीओ निष्कासन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
ipo-final1.gif

काठमाडौं। एसवाई प्यानल लिमिटेडले आज (मंगलबार) देखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ।

कम्पनीले धितोपत्र बोर्डबाट कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये, पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ०९२ कित्ता सेयर छुट्याइएको हो।

आवेदकले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। उद्योग प्रभावित क्षेत्रका बासिन्दाले रत्ननगर, चितवनस्थित कम्पनीको कार्यालय, प्रभु क्यापिटल र प्रभु बैंकका शाखा तथा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यता, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरणपछि कम्पनीले आम सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्कासन गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ