काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै चार जना नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्। आइतबारको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीले यो निर्णय लिएकी हुन्।
सिफारिस गरिएका मन्त्रीहरूमा अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमिसुधार, सहकारी र गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसैगरी, महावीर पुन लाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा लाई स्वास्थ्यमन्त्रीका रूपमा सिफारिस गरिएको छ।
सिफारिस भएका यी नयाँ मन्त्रीहरूको शपथ आज (सोमबार) हुनेछ।