arrow

देशमा स्थानीय वायुको आंशिक प्रभाव : पहाडी भू-भागमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौं। हाल मनसुनी वायु कमजोर बनेको र स्थानीय वायुको आंशिक प्रभावले आज (सोमबार) देशका केही पहाडी भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी प्रदेशका केही स्थानमा, बाँकी पहाडी भूभागका थोरै स्थानमा र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति कोशी प्रदेश र बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सफा वा आंशिक बदली रहनेछ। राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। 

साथै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ