नेपाली क्रिकेट टोलीले पायो यूएईको भिसा, आज प्रस्थान गर्दै
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
858
Shares
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) को प्रवेशाज्ञा (भिसा) पाएको छ। नेपाल क्रिकेट संघका प्रवक्ता छुमी लामाका अनुसार भिसा प्राप्त भएसँगै आज टोली यूएईतर्फ प्रस्थान गर्ने भएको छ।
टोलीले यही असोज ११ देखि १४ गतेसम्म हुने युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ। उक्त प्रतियोगितामा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। भिसा नपाउँदा यसअघि प्रतियोगितामा सहभागिता जनाउने विषयमा अन्योल उत्पन्न भएको थियो।