जेन-जी आन्दोलन छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन [भिडियो]
हितेन्द्रदेव शाक्य जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
1.2k
Shares
काठमाडौं। सरकारले भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा एक उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
बैठकपछि मन्त्रिपरिषद्का निर्णयहरू सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेको जानकारी दिए। आयोगको समयावधि तीन महिना हुनेछ।
मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको छ। सोही पदमा रिक्त कार्यकारी निर्देशकमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरिएको छ। दुवैको कार्यकाल चार वर्षको रहनेछ।
यसैगरी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा एआईजी डा. मनोजकुमार केसीलाई सरुवा गरिएको पनि गृहमन्त्री अर्यालले बताए।