arrow

आज सूर्यग्रहण, यी देशबाट देखिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
surya-grahan-AI-2082.jpg

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट देखिने छैन। यसै कारण, शास्त्रीय मान्यताअनुसार नेपालमा यसको कुनै सुतक पनि लाग्ने छैन।

समितिले बताएअनुसार, आज लाग्ने सूर्यग्रहण न्युजिल्यान्ड, अस्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायतका देशबाट मात्र देखिनेछ।

वैज्ञानिकहरूका अनुसार, चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक चन्द्रमालाई देख्न सक्छन् भने सूर्यग्रहणमा पृथ्वीका केही मानिसले मात्र यसको अनुभव गर्न पाउँछन्।

चन्द्रग्रहण हेर्न पूर्णतया हानिरहित हुने भएकाले यसलाई खाली आँखाले हेर्दा कुनै असर गर्दैन। तर, सूर्यग्रहण हेर्नका लागि भने विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ