arrow

देशभरका मुख्य सडक अवरुद्ध हुँदा यात्रु अलपत्र, मन्त्रालयमा आकस्मिक बैठक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
yatayat-sadak-82-6-4rr.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नारायणघाट–मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध भएर यात्रु अलपत्र परेपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । 

बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङले संयुक्त छलफल गरेका हुन् । 

केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । 

उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ । कोशी राजमार्गकै मकालु गाउँपालिकाको एकुवामा पनि सडक अवरुद्ध छ ।

त्यसैगरी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका(८ सिरिसेमा पहिरोले सडक अवरुद्ध छ । बाढीका कारण रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि बाढीले सडक अवरुद्ध भएको छ ।

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा पहिरो खसेर दुवै स्थानमा अवरुद्ध छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरुद्ध छ ।

यहाँ शुक्रबार बेलुकादेखि पहिरो खस्न थालेको र आज बिहान पनि खसिरहेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोर रत्न राजमार्ग, पूर्वपश्चिम राजमार्ग गल्छी त्रिशूली सडकलगायतमा भने एकतर्फी रुपमा खुलाइएका छन् । 

yatayat-sadak-82-6-4 (11).jpg
yatayat-sadak-82-6-4 (10).jpg
yatayat-sadak-82-6-4 (9).jpg
yatayat-sadak-82-6-4 (8).jpg
yatayat-sadak-82-6-4 (7).jpg
yatayat-sadak-82-6-4 (6).jpg
yatayat-sadak-82-6-4 (5).jpg
yatayat-sadak-82-6-4 (4).jpg
yatayat-sadak-82-6-4 (3).jpg
yatayat-sadak-82-6-4 (2).jpg
yatayat-sadak-82-6-4 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ