arrow

औपचारिकता

टुँडिखेलमा सादा संविधान दिवस [फोटोफिचर]

अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
constitution-day-2082-tundi.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, लगायतका विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मूल कार्यक्रम सैनिक मञ्च, टुँडिखेलमा मनाइएको हो । 

अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । 

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । 

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए । 

 

constitution-day-2082 (3).jpg
constitution-day-2082 (2).jpg
constitution-day-2082 (1).jpg
constitution-day-2082 (20).jpg
constitution-day-2082 (19).jpg
constitution-day-2082 (18).jpg
constitution-day-2082 (17).jpg
constitution-day-2082 (16).jpg
constitution-day-2082 (15).jpg
constitution-day-2082 (14).jpg
constitution-day-2082 (13).jpg
constitution-day-2082 (12).jpg
constitution-day-2082 (11).jpg
constitution-day-2082 (10).jpg
constitution-day-2082 (9).jpg
constitution-day-2082 (8).jpg
constitution-day-2082 (7).jpg
constitution-day-2082 (6).jpg
constitution-day-2082 (5).jpg
constitution-day-2082 (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ