arrow

घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा आज बिहीबार पनि सुन-चाँदीको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा नौ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै छापावाला सुनको भाउ प्रतितोला दुई लाख १५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

सुनको भाउ बुधबार प्रतितोला दुई लाख १६ हजार एक सय रुपैयाँ रहेको थियो । त्यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँ रहेको थियो ।

यता, बुधबार प्रतितोला दुई हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको असली चाँदी आज दुई हजार पाँच सय २० रुपैयाँ कायम भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ