सरकारको निर्देशन बमोजिम सामाजिक सञ्जाल बन्द गर्ने एनसेलको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
432
Shares
काठमाडौँ । सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै एनसेलले आफ्नो डाटा प्रणालीबाट ती सामाजिक सञ्जालहरू नेपालमा नचल्ने घोषणा गरेको छ ।
एनसेलले विज्ञप्ति जारी गर्दै सरकारको निर्णय अनुसार तोकिएका सामाजिक सञ्जालहरू बन्द हुने घोषणा गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को भदौ ९ को निर्णय, सञ्चार मन्त्रालयको भदौ १९ को निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गर्नका लागि कम्पनीलाई निर्देशन दिए बमोजिम बन्द गरिएको विज्ञप्तिमा जनाइएको छ ।
यद्यपि टिकटक र भाइबर लगायत अन्य दर्ता भईसकेका सामाजिक सञ्जाल प्लेटफर्महरु भने डाटा सेवामार्फत चलाउन सकिने कम्पनीले जनाएको छ । मन्त्रालयले पठाएका २६ ओटा सामाजिक सञ्जाल बन्द गरेको पनि एनसेलले जनाएको छ ।