arrow

नारायण खतिवडाको 'जमाना आजकल' सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
music-82-6-2.jpg

काठमाडौँ । गीतकार नारायण खतिवडाले शब्द सिर्जना गरेको नयाँ गीत “जमाना आजकल” हालै सार्वजनिक भएको छ । सार्वजिक गरिएको गीतले शीर्षककै झल्को दिने गरी वर्तमान समाजमा भइरहेको तीव्र सांस्कृतिक रूपान्तरण र त्यसका असरबारे अभिव्यक्ति गर्दै संरक्षण र सम्बर्द्धन गर्नुपर्ने आवश्यकता औल्याएको छ ।  

गीतको भिडियो मार्फत आफ्नो मौलिक  कला, संकृति र सभ्यतालाई जोगाई राष्ट्रिय  पहिचान जोगाउन सन्देश दिन चाहेको छ । गीतले संस्कृति, पहिरन र पहिचानको प्रश्न उठान गरेको पाईन्छ । जसमा  दौरा–सुरुवाल, ढाका टोपी, गुन्यू–चोली, फरिया जस्ता नेपाली परम्परागत पोशाकलाई  फेशनले विस्थापित गरिरहेको विषय उठाइएको छ ।

“दौरा र सुरुवाल टोपीलाई फेसनले डाँडो कटायो” वा “गुन्यू चोली फरिया फेसनले डाँडो कटायो” भन्ने पंक्तिहरू केवल लुगाको कुरा मात्र होइनन्, बरु मौलिकता र पहिचानको संकटलाई प्रतिविम्बित गरेको छ ।

त्यस्तै, “ड्वाङ् ड्वाङ् र डुङ डुङ करायो, खैजडी र डम्फू हरायो” भन्ने शब्दले लोक वाद्य र संस्कृतिको हराउँदै गएको र अहिले जस्ता पनि गीतहरू आउने गरेको अवस्थालाई ब्यङ्ग गर्दै ऐतिहासिक कला र संस्कृतिलाई पनि बिर्सनु हुदैन भन्ने सन्देश दिएको छ । नमस्ते नेपाल डिजिटल स्टूडियोबाट प्रमुख अन्तरास्ट्रिय प्लेटफर्मा सार्वजनिक गरिएको गीतमा सहारा, राहुल, अस्मिता , मिरा, महेश्वर, सन्तोष, लिलाधर, गणेश लगायतको अभिनय रहेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ