arrow

जेन-जी आन्दोलनको असर

बिना बिलबिजकको सामान किनबेच नगर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
nepal-police-logo.png

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ ।

जेनजीको प्रदर्शनका क्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।

त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न परिसरले आज एक सूचना प्रकाशित गरी सबैमा आग्रह गरेको छ ।

गत भदौ २३ र २४ गते ‘जेनजी’ ले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा काठमाडौँका विभिन्न स्थानमा रहेका सरकारी कार्यालय, बैंक वित्तीय संस्था, व्यापारिक प्रतिष्ठानलगायत निजी सम्पत्तिमा समेत आगजनी तथा तोडफोड गर्नुका साथै बहुमूल्य गरगहना तथा सरसामान चोरी/लुटपाट गरी लगेको पाइएकाले बिलबिना खरिद नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न हुन र त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्नुहुन हामी सम्बन्धित सबैमा अनुरोध गर्दछौँ । त्यस्ता आपराधिक कार्यमा संलग्न रहेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुनेछ ।”

यसैगरी त्यस्ता सामान प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नम्बर ९८५१२८३०१२ र नजिकको प्रहरी कार्यालयमा उक्त विषयको जानकारी दिन परिसरले सबैमा अनुरोध गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ