arrow

विध्वंश भएको संसद भवनको तीन मन्त्रीद्वारा निरीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
kulman-omprakash.jpg

काठमाडौँ । सरकारका तीन मन्त्रीले जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरिक्षण गरेका छन् । 

बुधबार अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले संसद भवनको निरीक्षण गरेका हुन् ।

जेनजी आन्दोलनमा ध्वस्त संसद भवनको निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचना सबैले मिलेर बनाउनपर्ने बताए ।

उनले भने, ‘हाम्रो जुन जलेका र  भत्किएका संरचनाहरू छन्, त्यो हामी सबैले  मिलेर बनाउनुर्छ । यसका लागि विदेशी सहयोग भन्दा पनि हामीले कोष बनाएका छौँ त्यसमा नेपालमा र विदेशमा बस्ने हरेक नेपालीले सहयोग गरेर हाम्रा संरचना पुनःस्थापना गर्न सक्छौँ ।’ 

अर्थमन्त्री खनालले पहिलो प्राथमिकता अहिलेको सबै संरचना पुनःनिर्माण गर्नु रहेको बताए । उनले जेनजी आन्दोलनमा क्षति कति भयो भनेर भन्न नसकिने अवस्था रहेकोले त्यसका लागि समिति गठन गर्न लागिएको बताए ।

उनले  भने, ‘पहिलो प्राथमिकता अहिलेको सबै  संरचना पुननिर्माण गर्ने हो । क्षति यति भयो भन्न सकिने अवस्था छैन अहिले त्यसका लागि समिति गठन गर्दैछौँ । समितिले सबै अनुमान गर्ने छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ