arrow

कर्णालीका विभिन्न कारागारबाट भागेका ७७ कैदीबन्दी पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
karnali-pradesh-map.jpg

सुर्खेत । कर्णालीका विभिन्न कारागारबाट फरार भएका ७७ जना कैदी बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । 

मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखेर भदौ २३ र २४ गते भएको आन्दोलनमा कर्णालीका विभिन्न कारागारमा रहेका एक सय २७ जना कैदी बन्दीहरु भागेका थिए ।

भागेकामध्ये ५९ जना अझै फरार रहेका छन् । फरार रहेका ३३ जना कैदी र २६ जना बन्दी हुन् । कर्णालीका विभिन्न कारागारबाट ८२ जना कैदी र ४५ जना बन्दी भागेका थिए । 

आन्दोलनमा रुकुम पश्चिम जिल्ला कारागारबाट भागेका ५५ जना कैदी मध्ये ३८ जना कैदी पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

रुकुम पश्चिमबाट भागेका १७ जना कदी र १४ जना बन्दी फरार छन् । रुकुम पश्चिमबाट ३३ जना थुनुवा भागेका थिए ती मध्ये १९ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

जुम्लाबाट २७ जना कैदी भागेका मध्ये १३ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १६ जना फरार छन् ।

जुम्लाबाट भागेका १२ जना थुनुवामध्ये सात जनालाई पक्राउ गरिएको छ । पाँच जना फरार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयको विवरणमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ