arrow

आज घट्यो सुनचाँदीको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
gold-silver-new-hk-2081.jpg

काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ