arrow

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
national-exam-board-sano-thimi-bhaktpur-plu-2-result.jpg

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ। देशको वर्तमान परिस्थितिका कारण यसअघि भदौ २८ र २९ गतेका लागि तोकिएको परीक्षाको मिति संशोधन गरी असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय भएको हो।

असोज ७ गते: अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका लागि पनि यही दिन सबै विषयको परीक्षा सञ्चालन हुनेछ। दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफूले रोजेका विषयमध्ये सानो कोड नम्बर भएको विषयको परीक्षा दिनुपर्नेछ। यदि अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयको पूरक परीक्षा दिनुपरेमा पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा दिनुपर्नेछ।

असोज ८ गते: दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले रोजेको विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने हुनेछैन।

परीक्षा केन्द्रहरू भने बोर्डले यसअघि नै निर्धारण गरिसकेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ