-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार, तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका–६, नाम्सीखोला पुलमाथिबाट ढुङ्गा खसेको थियो। ढुङ्गा लागेर बसमा सवार लमजुङ, घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी गम्भीर घाइते भएकी थिइन्।
घाइते कामीको उपचारका क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको हो।
प्रहरीले बस र चालक तनहुँ, म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।