arrow

देशका केही भागमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पनि देशमा परेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराईका भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली रहनेछ। मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ।

महाशाखाले भारी वर्षाका कारण पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। साथै, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले यातायात प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ