arrow

बीपी राजमार्ग चौबीसै घण्टा खुला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
bp-highway-road-81-10-5-(21.jpg

रामेछाप । आसन्न दशैँ-तिहारलगायतका चाडपर्वमा नागरिकको सहज आवागमनका लागि बीपी राजमार्गलाई चौबीसै घण्टा सञ्चालन हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको सूचनाअनुसार असोज १ गतेदेखि राजमार्ग खुला गरिने भएको हो ।

यसअघि वर्षातका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो आउने भएकाले काभ्रेभञ्ज्याङ-भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सवारी साधनलाई यात्रुको सुरक्षाका लागि भन्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन निषेध गरिएको थियो।

जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार भदौ मसान्तसम्म उक्त प्रतिबन्ध लागू गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले यात्रुको माग र चाडपर्वको भीडलाई ध्यानमा राखी असोज १ गतेदेखि राजमार्ग चौबीसै घण्टा सञ्चालन हुने जानकारी दिए ।

सडक सुरक्षा सजगता अपनाउँदै स्वीकृत कार्ययोजना अनुसार नै यातायात सञ्चालन गरिने जारी सूचनामा उल्लेख छ ।

बीपी राजमार्ग वर्षातमा बारम्बार पहिरोका कारण अवरुद्ध हुने हुँदा यात्रु जोखिममा पर्ने गरेका छन् ।

तर चाडपर्वमा यात्रुको चापलाई व्यवस्थापन गर्न सुरक्षासँगै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी राजमार्गलाई खुला राख्ने निर्णय भएको प्रशासनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ