आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
690
Shares
काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी उक्त रकम उपलब्ध गराइने जानकारी दिएको छ।
भदौ २३ र २४ गतेको आन्दोलनमा धेरै स्थानमा प्रहरी कार्यालयहरू जलेर ध्वस्त भएका थिए भने धेरै प्रहरीले ज्यान गुमाएका थिए।