arrow

प्रहरीको हतियार लुट्ने दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
pakrau9.jpg

जनकपुर । जेनजी आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं  ९ स्थित मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको एक थान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं. ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी तथा २१ वर्षीय सन्तोष कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रहरीको ५० राउण्ड गोलीसहित एक थान राइफल लुटिएको ‘सीसीटीभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भाडाको घरमा रहेको लोकसेवा आयोगको कार्यालयभित्र चारवटा चारपाङ्ग्रे गाडी, चार वटा मोटरसाइकल, सीसीटिभी क्यामरा र कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ