arrow

बढ्दो क्रममा चीनको बेरोजगारी बजार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
china-deal-xi.jpg

काठमाडाैँ  । चीनको रोजगारी बजार अगस्ट महिनामा समग्र रूपमा स्थिर देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस) का अनुसार, अगस्टमा शहरी बेरोजगारी दर ५.३ प्रतिशत पुगेको छ, जुन जुलाईको तुलनामा ०.१ प्रतिशतले बढी हो ।

सन् २०२५ को पहिलो आठ महिनामा चीनको औसत शहरी बेरोजगारी दर ५.२ प्रतिशत रहेको ब्युरोले जनाएको छ ।

अगस्टमा देखिएको बेरोजगारीको सामान्य वृद्धि मौसमी कारणले भएको र यो दर अघिल्लो वर्षको सोही अवधिसँग मिल्दोजुल्दो रहेको एनबीएसले स्पष्ट पारेको छ ।

रोजगारीमा ग्रामीण क्षेत्रका आप्रवासी श्रमिकहरूमा पनि स्थिति स्थिर रहेको देखिएको छ । उनीहरूको बेरोजगारी दर अगस्टमा ४.७ प्रतिशत मात्र रहेको छ, जुन राष्ट्रिय औसतभन्दा कम हो ।

चीनले सन् २०२५ सम्ममा शहरी बेरोजगारी दर ५.५ प्रतिशत भित्र सीमित राख्ने लक्ष्य लिएको छ ।

साथै, यस वर्ष १२ लाखभन्दा बढी नयाँ शहरी रोजगारी सिर्जना गर्ने योजनासमेत अघि सारेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ