arrow

जनकपुरमा आगजनी र लुटपाटमा संलग्न छ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
pakrau-fatahas.jpg

जनकपुरधाम । जेन-जी आन्दोलनको क्रममा जनकपुरधामका विभिन्न स्थानमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई धनुषा प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मी का अनुसार, आन्दोलनको नाममा सरकारी सम्पत्ति लुटपाट, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा अहिलेसम्म ६ जनालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमध्ये मधेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड र हतियार लुटपाटमा संलग्न रहेको आरोपमा शहीदनगर नगरपालिका-३ का शिवम साह र जनकपुरधाम-१३ का काले पटेल रहेका छन्। त्यस्तै, बलवा प्रहरी चौकीमा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा निरज मिश्र र कृष्ण यादवलाई पनि पक्राउ गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ