arrow

पहिरोले विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
pahiro-baglung.jpg

बागलुङ। बागलुङ नगरपालिका-८ सिगानामा पहिरो खस्दा एउटा गोठ पुरिएको छभने एक परिवार विस्थापित भएका छन् । सिगाना पाखाबारीस्थित रामबहादुर खड्काको घरमाथिबाट आएको पहिरोले गोठ पुरेको छभने घरमा आंशिक क्षति पुर्याएको छ । अहिले घरबाट सामग्री स्थानान्तरण गरिएको छ ।

परिवारलाई सुरक्षित ठाउँमा सारिएको बागलुङ-८ सिगानाका वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीका अनुसार घरमाथिबाट हालै सडक विस्तार गरिएकाले चट्टानसहितको ठूलो पहिरो खसेको थियो ।

पहिरोले सिगानाको विद्युत् वितरणको मुख्य ट्रान्सफर्मरमा समेत क्षति पुर्याएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ