जेन–जी आन्दोलनमा मारिएकालाई शहीद घोषणा, परिवारलाई १० लाख राहत, ७२ को मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
998
Shares
काठमाडौँ । जेन–जी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने भएको छ । उनीहरुलाई शहीद घोषणा गरेर उनीहरुका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने पनि प्रधानमन्त्री सुशीला कार्कीले घोषणा गरेकी छिन् ।
उनले घाइतेहरुको निःशुल्क उपचार व्यवस्था गर्न पनि निर्देशन दिएकी छन् ।
जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो ।
जसमा आन्दोलनकारीतर्फ ५९ जना शहीद भएका छन् भने प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । कारागारबाट भाग्ने क्रममा झडप हुँदा १० जना मारिएका छन् । हाल १३४ प्रदर्शनकारीको उपचार भइरहेको छ । प्रहरीतर्फ ५७ जना उपचाररत रहेका छन् ।
आज प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने कार्यक्रममा मुख्यसचिव एक नारायण अर्यालले सो जानकारी दिएका हुन् ।