arrow

काभा महिला भलिबल लिग स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
volleyball.jpg.jpeg

काठमाडाैँ । काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ ।

नेपालमा हुने भनिएको भलिबल लिग सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) को बोर्ड अफ एड्मिनिस्ट्रेशनको भर्चूअल बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेल हुने तय थियो।

तर सेप्टेम्बर ८ र ९ मा भएको जेन-जी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित गर्ने निर्णय गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ