arrow

मधेस प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी, सरकार ढल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
cabinet-madhesh.jpg

जनकपुर। मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ। जेन-जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण जनमत पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

जनमत पार्टीको मधेस प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुखको कार्यालयलाई समर्थन फिर्ता लिएको र पार्टीका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई फिर्ता बोलाएको जानकारी गराएका छन्।

जेन-जी आन्दोलनका क्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो फेसबुक पेजमार्फत राजीनामा दिएको घोषणा गरेका थिए। तर, हालैका दिनमा उनले परिस्थिति शान्त पार्नका लागि मात्र राजीनामा घोषणा गरेको भन्ने प्रतिक्रिया सञ्चारमाध्यममा आएको थियो।

यसैबीच, प्रदेश प्रमुखको कार्यालयका एक कर्मचारीका अनुसार मुख्यमन्त्री सिंहको राजीनामासम्बन्धी कुनै पनि पत्र कार्यालयमा दर्ता भएको थिएन। संसदीय दलका नेता महेश यादवले समर्थन फिर्ता लिएको जानकारी दिएसँगै मधेस प्रदेश सरकार ढलेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ