arrow

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
meteorological-forcasting-d.jpg

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, आज राति देशभर सामान्यतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ