arrow

नदीमा डुबेर दुई बालबालिकाकाे मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
deathbody-dubera.jpg

रौतहट । जितिया पर्वका लागि व्रतालूसँगै नदीमा नुहाउने क्रममा डुबेर शनिबार एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा गौर नगरपालिका वडा नं ६ की १० बर्षीया करिश्मा साह छन् ।

प्रहरीका अनुसार करिश्मा शनिबार बिहान आमासँगै लालबकैया नदीमा नुहाउन गएकी थिइन् । नुहाउने क्रममा डुबेर उनी बेपत्ता भएकी थिइन् ।

बालिका डुबेर वेपत्ता भएको खबर पाएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय उनकाे खाेजीमा खटिएका थिए ।

खाेजी गर्दै जाँदा दिउँसो बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणि गिरीले जानकारी दिए ।

उनीहरू जितिया पर्वको (नहायखाय) अर्थात पवित्र जलाशयमा नुहाएर चोखो खाना खाने दिन भएको हुँदा व्रतालूसँगै नदीमा नुहाउन गएका थिए । बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ  । 

यता, लालबकैया नदीमा बिहीबार पौडी खेल्ने क्रममा बेपत्ता भएका इशनाथ नगरपालिका वडा नं १ का १५ बर्षीय विगन साह शनिबार बिहान मृत फेला परेको एसपी गिरीले बताए । 

बिहीबार साथीहरुसँग लालबकैया नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । साहको शव आठ किलोमिटर दक्षिणतर्फ भारतीय क्षेत्रमा फेला परेको हाे। 

साहको शव ल्याउन भारतीय प्रहरीसँग समन्वय भइरहेको र घरका सदस्य त्यसतर्फ गएको प्रहरीले जनाएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ