बाढीका कारण कम्तीमा ९७ जनाको मृत्यु, ४४ लाख प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
1.8k
Shares
इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आएको बाढीका कारण हालसम्म कम्तीमा ९७ जनाले ज्यान गुमाएका छन् भने ४४ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार, रावी, सतलज र चेनाब नदीमा आएको बाढीले पञ्जाबभरि चार हजार ५०० भन्दा बढी गाउँमा क्षति पुर्याएको छ।
बाढीबाट विस्थापित भएकामध्ये २४ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रहमा हालसम्म ३ सय ९६ वटा राहत शिविर स्थापना गरिएका छन्, जहाँ पीडित्लारई आश्रय, खाना तथा औषधोपचार सेवा उपलब्ध गराइँदैछ। पीडीएमएले करिब १९ लाख गाईवस्तुलाई पनि सुरक्षित स्थानमा सारिएको जनाएको छ।
देशभरको सरकारी विवरणअनुसार, जुन २६ देखि शुरू भएको मौसमी वर्षा र बाढीले हालसम्म ९सय ५६ जनाको ज्यान लिइसकेको छ, भने एक हजार ६० भन्दा बढी नागरिक घाइते भएका छन्।
यस बाढीका कारण करिब आठ हजार चार सय घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्, र ६ हजार पाँच सय भन्दा बढी गाईवस्तु नष्ट भएका छन्।
सरकारले विस्थापित समुदायई राहत प्रदान गर्न र थप क्षति रोक्न उद्दार तथा सहायता अभियानलाई तीव्र बनाएको जनाएको छ। बाढीग्रस्त क्षेत्रमा सेना, प्रहरी र स्थानीय निकायको सहकार्यमा राहत तथा पुन:स्थापना कार्य जारी छ। एजेन्सी