arrow

सबै मिलेर जनसरोकार सम्बोधनमा जुर्मुरिऔँ - अर्जुननरसिंह केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
arjunnarasingh-kc-2080-03-24.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले तन, मन वचन र कर्मले एकता साथ सबै दल र पक्षहरुसाथ मिलेर सामाजिक एकता ,शान्ति र सद्भावना निर्माणका साथै जनसरोकार सम्बोधनमा जुर्मुरिन आवस्यक भएको बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेख्दै आफूहरूका गल्ती, कम्जोरी, त्रुटि, अहंकार र सामाजिक गतिशील यथार्थतालाई समयमै बुझ्न नसक्दा चिप्लिएकोसमेत उल्लेख गर्दै यसको गम्भीर विश्लेषण, निर्मम समीक्षा र सिंहावलोकन साथ गल्ती स्वीकार्नु र सुधार्नु अनिवार्य रहेको बताएका छन् ।           

नेता केसीले प्रश्न अब के गर्ने भन्नेमा उत्तरसहित गम्भीर भएर सोच्नु आबस्यक भएकोसमेत बताएका छन् । उनले पार्टीका विकृति हटाउन व्यक्ति होइन विचार, शक्ति  होइन सत्य, नेता होइन नीति र विधिलाई केन्द्रमा राखेर  यो राष्ट्रि्य संकट  र लोकतन्त्रमाथि नै आएको संकटपूर्ण चुनौतीको स्थितिमा सबै विवादलाई पन्छाएर एकजुट हुन आवश्यक रहेकोमासमेत जोड दिएका छन् । 

यसो लेखेका छन् नेता केसीले
इतिहासका हरेक युग परिवर्तनको संवाहक र नेतृत्व गर्दै आएको नेपाली कांग्रेसका सबै तहका साथीहरुले आजको विषम परिस्थितिलाई गम्भीर विश्लेषण र निर्मम समीक्षा गर्दै पार्टीका विकृति हटाउन व्यक्ति होइन विचार, शक्ति  होइन सत्य, नेता होइन नीति र विधिलाई केन्द्र मा राखेर  यो राष्ट्रि्य संकट  र लोकतन्त्र माथि नै आएको संकटपूर्ण चुनौतीको स्थिति मा सबै विवाद लाई पन्छाएर नेपाली कांग्रेसका सम्पुर्ण साथीहरु  तन्, मन वचन र कर्मले एकता साथ सबै दल र पक्ष हरुसाथ मिलेर सामाजिक एकता ,शान्ति र सदभावना निर्माणका साथै जन सरोकार सम्वोधन मा जुर्मुरिनी आबस्यक छ।
     हाम्रा आफ्नै गल्ती,कम्जोरी, त्रुटि,अहंकार र समाजिक गतिशील यथार्थता लाई समयमै बुझ्न नसक्दा चिप्लिएका छौं।तर ससक्त र जीवित छौं।     यसको गम्भीर विश्लेषण ,निर्मम समीक्षा र सिंहावलोकन साथ गल्ती स्वीकार्नु र सुधार्नु अनिवार्य छ ।       
      
    अब के हुन्छ ? यो प्रश्न सतही हो। प्रश्न अब के गर्ने भन्नेमा उत्तर सहित गम्भीर भएर सोच्नु आबस्यक छ।  आजको मूल सवाल सत्तामा को आउँछ भन्ने होइन। सवाल पद र प्रतिष्ठाको पनि होइन, लेनदेनको पनि होइन। सवाल हो लोकतन्त्रको ।  लोकतन्त्र जनताको शास्वत जीवनशैली भइसकेको छ। जनतासँग अभिन्न रहेको लोकतन्त्रको छाती नकुल्चिकन लोकतन्त्रलाई छातीमा राखेर निकास कसरी दिने यतातर्फ सोच्नु राजनीतिज्ञ , संविधान का संरक्षक राष्ट्रपति ज्यू , सम्पूर्ण दल र सवै पक्षको पहिलो कर्तव्य हो ।

देशको इतिहासकै अभूतपूर्व संकटमा छ। परिस्थिति जटिल छ । सचेततापूर्वक पाइला चालेन भने देश सच्चिनै नसक्ने दुर्घटनामा फस्न सक्छ । देशको अस्मितामै चुनौती आउन सक्छ ‌।यी बिन्दु  हुन बहसको बिन्दु !

 अब रह्यो निकास के ? निकास संविधान भित्रैबाट खोज्नुपर्छ। यो संविधान फगत एक थान  कागत को खोस्टो मात्र होइन सबै काम संविधानभित्रै हुनुपर्छ तर मान्छे स्वक्ष छवि,  र कञ्चन खोज्नुपर्छ। संविधान च्यातेर लोकतन्त्र कुल्चेर जनतालाई अपमान गरेर खोज्ने कुनै पनि निकासले अर्को द्वन्द्व को आमन्त्रण हुने छ। यसतर्फ सबैको ध्यान जानु जरुरी छ। 

लगन पछिको पोते भनेजस्तो भई सक्यो अब समय घर्कियो भने बाँकी सबै प्रयासहरु बेकार हुनेछन् । समय छँदै सोचौं र स्वार्थविहिन सङ्कल्पका साथ राष्ट्र र लोतान्त्रिक उद्देश्यका लागि सदैव जटिल परिस्थितिलाई निकास दिने नेपाली कांग्रेसकाको ऐतिहासीक दायीत्व  हो। 

 पार्टीको संस्थागत निर्णय आउन अबेर भयो ,तत्काल गरौं ! टालटुले, लिपा पोती होईन निश्चित अवधारणा सहित समय को स्पन्दन र माग लाई सम्वोधन गरौं !
 पार्टी भित्रको सम्पूर्ण एकता आजको आवश्यकता ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ