जेन–जी आन्दोलनले मृत्यु हुनेको संख्या २१ जेन–जीसहित ५१ पुग्यो
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
1.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । जेन–जी आन्दोलनका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको जानकारी दिए ।
मृतकमा २१ जना जेन–जी हुन् भने बाँकी अन्य हुन् । जसमा ३ जना सुरक्षाकर्मी पनि रहेका छन् । कैदीबन्दी ९ जना रहेका छन् भने बाँकी १८ जलेर वा अन्य कारणले मृत्यु भएका हुन् ।
दुई सय ८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनका क्रममा १ हजार ७७१ जना घाइते भएका थिए । १ हजार ३७९ जना अस्पतालबाट डिस्चार्ज भैसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।