arrow

अनुहारमा लागेको दाग मेट्न ऐना पुछेर हुँदैन : गगन थापा [भिडियो]

नेपाली कांग्रेस सबै पक्षलाई साथमा लिएर हिंड्न तयार छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
gagan-thapa-genz.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस सबै पक्षलाई एकतावद्ध बनाएर साथमा लिएर हिंड्न तयार रहेको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै उनले नेपाली कांग्रेस नेपाली समाजलाई दलीयकरणबाट जोगाउन लाग्ने प्रतिबद्धता जनाए । 

साथै उनले कांग्रेस पार्टीको पुनर्संरचना गर्न आवश्यक रहेको भन्दै उनले पार्टी सदस्य गुट उपगुटमा छिरलिएर बसेको र पार्टी गुट उपगुटमा छियाछिया भएको बताए । पार्टीको यस्तो हविगत आफूहरुले नै बनाएको भन्दै थापाले यसलाई अब बदल्नै पर्नेमा जोड दिए । 

यसअघि पार्टीका विधान जस्तो बनाइएको छ त्यो अब आवश्यक नभएको भन्दै उनले पार्टीका लाखौँ सदस्यबाट नै नेतृत्व छान्न सकिए पार्टी नागरिक र कार्यकर्तातर्फ फर्किने र यसले नयाँ उत्साह ल्याउने दावी गरे ।

अहिले मुलुकलाई सही नेतृत्व र सबैलाई जोड्ने एउटा पहलकदमी चाहिएको भन्दै थापाले राष्ट्रिय शक्ति पार्टीको जिम्मेवारीमा रहेकाले यो काम कांग्रेसले गर्ने बताए । 

पार्टीका नेता कार्यकर्ता जहाँ हुनुहुन्छ आफ्नै ठाउँबाट सबैलाई जोड्ने तरिकाको पहलकदमी गर्न आग्रह गर्न उनले आग्रह गरे । 

उनले भदौ २३ र २४ गते भएको घटनाबाट आँकलन गर्न नसक्ने ठूलो क्षति भएको भन्दै त्यो दिनको घटनाले अनुहारमा लागेको दाग ऐना पुछेर नजाने बताए । 

उनले भने, ‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो । तपाईं र म सरकारमा थिएनौँ । तर हाम्रो पार्टी सरकारमा थियो । हाम्रो अनुहारमा दाग लागेको छ । ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुछ्नुपर्छ । कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ । भदौ २४ गते यति ठूलो क्षति भएको छ जसको कसैले आकलन गर्न सक्दैन् ।’

जेन-जीका सम्बन्धमा 

महामन्त्री थापाले जेन-जी आन्दोलनकारीको मागलाई सम्मान गर्दै सम्बोधन नगरि देश अघि बढ्न नसक्ने स्पष्ट पारेका छन् । 

नेपाली काङ्ग्रेस जेनजीले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा तयार स्पष्ट पार्दै महामन्त्री थापाले भने, ‘यो बेला जे-नजी आन्दोलनकारी साथीहरुले के कुराको माग राख्नु भएको छ त्यो मागलाई सम्मान गरेर सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्छ ।’ 

आन्दोलन गर्ने साथीहरुले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा नेपाली काङ्ग्रेस पार्टी तयार मात्र होइन यसको लागि आवश्यक वातावरण पनि बनाइरहेको उनले स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ