arrow

संविधानको रक्षार्थ सडकमा उत्रे कांग्रेसी नेताहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
nc-82-5-26-jan.jpg

जनकपुर । नेपाली कांग्रेसका नेताहरू सडकमा उत्रन थालेका छन् । बिहीबार उनीहरू संविधानको रक्षार्थ सडकमा उत्रिएका हुन् । 

देशैभरका कांग्रेस निकट नेता तथा भ्रातृ संगठनका नेता कार्यकर्ता संविधानको रक्षार्थ सडकमा उत्रिएका हुन् । 

२०६२–६३ को जनआन्दोलन र त्यसबाट प्राप्त उपलब्धिसँगै जनताका प्रतिनिधिले पहिलो पटक लेखेको अहिलेसम्मकै उत्कृष्ट मानिएको संविधानलाई मिचेर जेन–जीसँग नेपाली सेनाले गरेको वार्ता र राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रका नाममा सम्बोधनसमेत गर्न नदिइएको अवस्थामा कांग्रेसजन स्वतस्फूर्त सडकमा आउन थालेका हुन् । 

सोमबारको जेन–जी आन्दोलनमा सरकारको दमन र मंगलबारको जेन–जीको भौतिक संरचना नष्टदेखि छानीछानी नेताहरुलाई पिट्ने सम्मको हर्कतपछि निकै नै त्रासमा रहेका उनीहरु बिहीबारदेखि सडकमा उत्रिएका हुन् । 

सो क्रममा जनकपुरका सडकमा पनि कांग्रेस नेता तथा कार्यकर्ता सडकमा उत्रिएर संविधान रक्षाका लागि आह्वान गरिरहेका छन् । 

उनीहरूले बन्दै गरेको सरकार पनि संविधानअनुसार नै हुनुपर्नेमा जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ