नेपालको झण्डा बोकेर संविधान रक्षार्थ भेला हुन नेविसंघको आग्रह, बोलायो त्रिचन्द्र क्याम्पसमा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कांग्रेस निकट सबैलाई त्रिचन्द्र क्याम्पसमा बोलाएको छ ।
बिहीबार साँझ ५ बजेका लागि नेविसंघले सबै क्याम्पसका स्ववियुका प्रतिनिधिहरु, नेविसंघमा आस्थावान, कांग्रेसमा आस्थावान तथा सम्पूर्ण संगठनका नेता कार्यकर्तालाई बोलाएको हो ।
उसले आफूहरु इतिहासको गम्भीर मोडमा उभिएको भन्दै सबैको दायित्व संविधान जोगाउनेमा सबै एकजुट भएर अग्रणी भूमिमा निर्वाह गर्नुपर्ने बतााएको छ।
सबैले नेपालको झण्डा साथमा लिएर आउन पनि नेविसंघले आग्रह गरेको छ ।