arrow

सैन्य मुख्यालयमा प्रधानमन्त्री छानिँदै, बाहिर जेन–जीका दुई समूहबीच झडप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
genZ-fight-82-5-26.jpg

काठमाडौँ । सैन्य मुख्यालय (जंगी अड्डा) मा अन्तरिम प्रधानमन्त्री छान्नका लागि नेपाली सेना र जेन–जीका प्रतिनिधिबीच छलफल चलिरहँदा बाहिर भने जेन–जीका दुई समूहबीच हानाहान भएको छ । 

सेनाको मुख्यालय अगाडि भेला भएका उनीहरूबीच अन्तरिम सरकारको प्रमुख तोक्ने विषयमा झडप भएको हो । कसैले प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेको थियो भने अर्को समूहले उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।

कसैले कुलमान घिसिङ, कसैले हर्क साम्पाङको नाम लिइरहेका छन् भने कसैले वालेन्द्र साह (बालेन) लाई नै बनाउनु पर्ने बताइरहेका छन् । 

कसैले भने आफूहरुले यति ठूलो आँधीबेहरी ल्याएर सरकार ढालेको भन्दै आफूहरुकै बीचबाट हुनुपर्ने माग गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ