संविधान जोगाउन आह्वान गर्दै माइतीघरमा बसे युवा [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
885
Shares
काठमाडौँ । संविधान जोगाऔँ भन्दै एक युवा माइतीघर मण्डलामा बसेका छन् । जेन–जीको आन्दोलनपछि अन्तरिम सरकार बन्दै गर्दा संसद विघटन गर्ने अनि संविधान लेख्ने चर्चा चलिरहँदा उनी भने संविधान जाोगाउन आह्वान गर्दै माइतीघरमा बसेका हुन् ।
संविधान लेख्ने दल तथा नेताहरु बाहिर आउन नसकिरहेका बेलामा यी युवक भने संविधान बोकेर यसको रक्षार्थ खडा भएका हुन् ।
उनलाई नेपाली सेनाले प्रश्न गरेर त्यहाँ नबस्न निर्देशन दिएको तस्बिरमा देख्न सकिन्छ ।