arrow

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतया बदली रहनेछ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा र बाँकी तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसका साथै कोशी प्रदेशको पहाडी क्षेत्र र मधेश, गण्डकी तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा पनि भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।

भारी वर्षाले गर्दा नदीनालामा पानीको बहाव बढ्न सक्ने र बाटोमा बाढी वा पहिरो आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ